८ श्रावण २०८३, शुक्रबार

बल्खुस्थित बागमती किनारका सुकुम्बासीलाई विद्यालयमा सारियो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, १८ असोज । काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित बागमती खोलामा पानीको बहाब बढेपछि नदी किनारमा बसोबास गरिरहेका १०० सुकुम्बासी परिवारलाई स्थानान्तरण गरेको छ ।

बल्खु कुलेश्वर नदि छेउछाउमा रहेको बस्तीमा पानी पसेपछि सशस्त्र प्रहरी बलले ती परिवारलाई जनविकास माध्यमिक विद्यालय बल्खुमा स्थानान्तरण गरेको हो ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले बल्खुस्थित तरकारी बजारमा पानी पसेपछि बजार समेत खाली गराइएको जानकारी दिए ।