
फिदिम, १८ असोज । तमोर करिडोरअन्तर्गत पाँचथरको कुम्मायक गाउँपालिका वडा नं. ३ रानीगाउँको कात्तिकेमा भएको बोलेरो जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको पुष्टि भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।
घाइतेहरुलाई उपचारको लागि धरान पठाइएको प्रहरीले जनाएको छ । मृतक र घाइतेहरुको पहिचान हुन बाँकी रहेको बताइएको छ ।
ताप्लेजुङबाट धरान तर्फ जाँदै गरेको मे १ ज ३०५५ नम्बरको जीप सडकबाट करिब ५ सय मिटर तल खसेको थियो । दुर्घटनामा तीन महिला र तीन पुरूषको घटना स्थलमै मृत्यु भएको हो ।
घाइतेहरुको उद्धारमा नेपाली सेना वीरदल गण र नेपाल प्रहरी खटिएको छ ।
पाँच घाइतेलाई धरान र एक जनालाई थप उपचारको लागि फिदिम पठाइएको छ । मृतकको पहिचानसहितको थप विवरण आउन बाँकी छ ।








प्रतिक्रिया