काठमाडौं, ९ असोज । कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवाले नयाँ राहदानी बनाएपछि सरकारले निगरानी कडा गरेको छ।
उनीहरूको पासपोर्टमा थाइल्यान्ड भिसा समेत लागेको खुलेको छ। भदौ २४ मा बुढानीलकण्ठस्थित देउवा निवासमा तोडफोड र आगजनी हुँदा पुरानो पासपोर्ट हराएको अनुमान गरिएको थियो।
सम्पत्ति शुद्धीकरण विभाग, सिआइबी र राहदानी विभागले पासपोर्ट रोक्का गर्नेबारे छलफल गरिरहेका छन्। राहदानी ऐनअनुसार भ्रष्टाचार वा सम्पत्ति शुद्धीकरण अनुसन्धानमा संलग्न व्यक्तिको राहदानी रोक्का गर्न सकिने व्यवस्था छ।
यसअघि देउवा निवासमा बरामद रकमबारे विभागले मुचुल्का उठाइसकेको छ।









प्रतिक्रिया