७ असार २०८३, आइतबार

मन्त्री महावीर पुनले कार्यकक्षबाट ‘माननीय’ शब्द हटाए

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ९ आसोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुनले आफ्नो कार्यकक्ष बाहिर टाँसिएको बोर्डबाट ‘माननीय’ शब्द हटाएका छन् ।

सोही बोर्डमा मन्त्रालयका कर्मचारीले डा. पुनको नाम अगाडि ‘माननीय’ लेखेका थिए । तर, मन्त्री पुनले त्यो बोर्ड देखेपछि ‘माननीय’ शब्द हटाएर नाम मात्र लेख्न निर्देशन दिएका हुन् । उनले दिएको निर्देशनपछि कर्मचारीले नयाँ प्रिन्ट निकालेर सिर्फ नाम मात्र उल्लेख गरिएको बोर्ड टाँसेका छन् ।

यसअघि पनि मन्त्री पदको शपथ लिएर पदभार ग्रहण गर्दा महावीर पुनले आफूलाई ‘माननीय मन्त्री’ नभन्न आग्रह गरेका थिए । उनको भनाइमा, मन्त्रालयभित्र कर्मचारीले ‘मन्त्री’ भनेर सम्बोधन गर्न सक्ने भए पनि बाहिरका मानिसले सामान्य रूपमा मात्रै सम्बोधन गर्नु उपयुक्त हुने बताइएको छ ।