३ श्रावण २०८३, आइतबार

दशैं लागेसँगै मन्थली बजारमा किनमेल गर्नेको भीड

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप, ८ असोज । नेपालीहरूको महान् चाड दशैं नजिकिएसँगै रामेछापको मन्थली बजारमा सामान किन्ने मानिसहरूको चहलपहल बढेको छ ।

मन्थली बजारमा कपडा तथा उपभोग्य सामाग्री किन्ने मानिसहरूको भीड बढेको छ । अहिले मन्थली बजारका व्यवसायीहरूलाई सामान बेच्न भ्याईनभ्याई छ भने उपभोक्ताहरू पनि सामान किन्ने चटारोमा देखिन्छन् ।

यसैगरी, काठमाडौं लगायत सहरहरूमा कामको सिलसिलामा बसेकाहरू घर फर्कने क्रम बढेसँगै बजार केन्द्रमा चाप बढेको छ । अन्य पसलहरूसँगै कपडा, जुत्ताचप्पल र खाद्यान्न पसलहरूमा उपभोक्ताको भीड देखिन्छ ।

अघिल्लो वर्षको तुलनामा यसवर्ष राम्रो व्यापार भएको शुभमंगल वस्त्रालयका सञ्चालक हरेराम गुप्ता बताउँछन् । अघिल्लो वर्ष दशैंको मुखमा ठूलो बाढी पहिरो आएर रामेछाप काभ्रे लगायतका क्षेत्रमा ठूलो धनजनको क्षति भएपछि व्यापार निक्कै कम भएका थियो ।

मन्थली बजारमा सामान किन्न मन्थली नगरपालिकाको साथै रामेछाप, लिखु तामाकोशी, खाँडादेवी, दोरम्बा शैलुङ, गोकुलगंगा लगायता स्थानीय तहका मानिसहरू आउने गरेका छन् । बजारमा बिहानदेखि साँझसम्म किनमेल गर्ने मानिसहरूको भीड देखिएको छ ।