
काठमाडौं, ६ असोज । नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिल सिन्हा पदभार ग्रहण गर्दै गर्दा भक्कानिएका छन् । आज मन्त्रीको जिम्मेवारी सम्हाल्ने क्रममा उनी जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई सम्झिँदै भक्कानिएका हुन् ।
उनले स्वदेशी वस्तुहरूको उपयोग गर्नेबारेको पहिलो निर्णयमा हस्ताक्षर गरे । ‘अप्ठ्यारो परिस्थितिमा छौं हामी सबै । पूरै देश नै अक्रान्त भएर बसेको अवस्था छ । राजनीतिक स्थायीत्व र जुन प्रयोजनका लागि आन्दोलन भएको थियो । सुशासनको अभाव, अवसरबाट वञ्चित लगायत चुनौतीहरूविरुद्ध जुन जेनजीको आन्दोलन भयो । अत्यन्तै दुःख लाग्छ । ७० जनाभन्दा बढिले ज्यान गुमाउनुभयो ।’ एकछिन भन्दै मुन्टो निहुराएर उनी भक्कानिए ।








प्रतिक्रिया