२७ जेष्ठ २०८३, बुधबार

गम्भीर परिस्थिति सृजना भएको छ, यसलाई उठाउन सबै लाग्नुपर्छ : सभामुख

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असोज । सभामुख देवराज घिमिरेले जेन-जी आन्दोलनका क्रममा भएका घटनाले मुलुकलाई गम्भीर अवस्थातर्फ धकेलेको भन्दै सबै मिलेर देशलाई उठाउनुपर्नेमा जोड दिएका छन् ।

क्षतिग्रस्त संसद भवनको अवलोकनपछि पत्रकारहरूसँग कुरा गर्दै उनले देशले ठूलो क्षति व्यहोरेको भन्दै यो दुःखद घडीमा सहकार्य र एकतामार्फत मात्र मुलुकलाई अगाडि बढाउन सकिने उल्लेख गरे ।

उनले भने, “खोजेको के हो, सबै कुराहरू गम्भीरतापूर्वक अध्ययन गर्नुपर्छ, बुझ्नुपर्छ । अहिले हामीले व्यहोरेको अवस्था ज्यादै दुःखद छ । यसबाट उठेर ठिक ढंगले अगाडि बढ्नु हाम्रो सामूहिक दायित्व हो ।”

सभामुख घिमिरेले समस्या समाधानका लागि हिंसा होइन, वैकल्पिक बाटा अपनाउनुपर्ने आवश्यकता औंल्याउँदै सबै नेपाली जनता मिलेर राज्यलाई माथि उठाउन आह्वान गरे । उनले अन्तरिम सरकारले ठूलो जिम्मेवारी बोकिरहेको र समाधान निकालेर अघि बढ्नु बाहेक विकल्प नभएको स्पष्ट पारे ।