११ असार २०८३, बिहिबार

सार्वजनिक र निजी सम्पत्तिको आगजनीमा संलग्नलाई कडा कारबाही गर्न क्षत्री समाजको माग

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १ असोज । खस क्षत्रीहरुको साझा संस्था क्षत्री समाज नेपालले भदौ २३ र २४ गतेको जेनजीको प्रदर्शनको क्रममा संघीय राजधानी काठमाडौं तथा विभिन्न जिल्लाहरुमा भएको प्रदर्शनको क्रममा ज्यान गुमाएका युवाहरुको चीर शान्तिको कामना गरेको छ । समाजले शोक विज्ञप्ति जारी गरेर घटनाप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गरेको हो । साथै, घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

‘राष्ट्रिय अखण्डता र जातीय सद्भावका निम्ति क्षत्री एकता आजको आवश्यक्ता’ भन्ने मूलमन्त्रसहित २०५२ सालमा स्थापना भएको समाज जातीय सद्भाव, राष्ट्रिय अखण्डता, सीमा सुरक्षा कायम गराउने कार्यसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विभिन्न सामाजिक रचनात्मक कार्यमा सक्रिय हुँदै आएको अध्यक्ष रिबबहादुर थापा र महासचिव कृष्णबहादुर थापाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

आन्दोलनको क्रममा ठूलो मात्रामा राष्ट्रिय सम्पदा, कार्यालय, सम्पत्ति र व्यावसायीक तथा व्यक्तिगत सम्पत्तिमा भएको आगजनीप्रति दुःख व्यक्त गर्दै त्यस कार्यमा संलग्न हुनेहरुलाई कडा कारबाही गर्न माग गरिएको छ ।

समाजले नेपालको संविधान, अन्तर्राष्ट्रिय मानव अधिकार कानुन र नगारिकका उचित अवाजहरुलाई पहिचान गरी सम्बोधन गर्न र नागरिकको जिउधनको सुरक्षाका लागि उच्च सुरक्षा व्यवस्था गरी क्षति हुन नदिन आग्रह गरेको छ । घटनाको निष्पक्ष, विश्वसनीय अनुसन्धान गरी जो कोही दोषि भएपनि कडा कारबाही गर्न माग गरेको छ । नयाँ राजनीतिक परिस्थिति अनुसार गठन भएको सरकारले देश र जनताको दीर्घकालिन रुपमा शान्ति स्थायीत्व हुनेगरी विकास, पुनःनिर्माणसहित राष्ट्रिय हितका काम गर्न सक्षम रहोस् भन्दै शुभकामना पनि व्यक्त गरेको छ ।

यसैबीच, समाजले घटस्थापनाको दिनलाई क्षत्री राष्ट्रिय पर्व क्षत्री दिवसको रुपमा मनाउँदै आएकोमा यसवर्ष राष्ट्रिय परिस्थितिको मूल्यांकन गर्दै जिल्लागत रुपमा अनुकूलता हेरेर त्यस अनुसारको कार्य गर्न आग्रह गरेको छ ।