काठमाडौं, ३० भदौ – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले आफूलाई “माननीय” भनेर सम्बोधन नगर्न आग्रह गरेका छन्।
पदभार ग्रहणपछि पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “देशको सेवा कसरी गर्न सकिन्छ भन्ने सोचका साथ चुनौतीपूर्ण घडीमा आएका हौँ। हामी माननीय होइनौँ, सेवा गर्न आएका हौँ। कृपया मलाई माननीय नभनी मन्त्रीज्यू मात्र भन्नुहोस्।”
उनले मुलुकलाई समृद्धि र राजनीतिक स्थिरतातिर अघि बढाउनु अहिलेको ठूलो चुनौती भएको उल्लेख गर्दै, त्यसबाट नभागेर काम गर्ने प्रतिवद्धता जनाए।









प्रतिक्रिया