९ असार २०८३, मंगलबार

पाँच मन्त्रालय खरानी, डेढ सय गाडी ध्वस्त

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ३० भदौ । जेनजी आन्दोलनका नाममा भदौ २४ गते अराजक समूहले सिंहदबारमा तोडफोड र आगजनी गर्दा प्रधानमन्त्री कार्यालयसहित पाँच वटा मन्त्रालयमा सबैभन्दा बढी क्षति भएको पाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित गृह, उर्जा, शिक्षा, सामान्य प्रशासन र सञ्चार मन्त्रालयको भवन पूर्ण रुपले ध्वस्त भएका छन् । करिब डेढ सय गाडी पनि खरानी भएको बताइएको छ ।

शहरी विकास मन्त्रालयको भवन भने क्षति हुनबाट जोगिएको छ । यद्यपि, मन्त्रालय मातहतका ५० वटा गाडी खरानी भएको सहसचिव नारायणप्रसाद मैनालीले जानकारी दिए । उनका अनुसार १२ वटा गाडीमा चाहिँ आंशिक क्षति पुगेको छ, र मर्मत गरेर पुनः प्रयोगमा ल्याउन सकिने अवस्थामा छन् ।

‘हाम्रो मन्त्रालयको भवनमा ठूलो क्षति भएको छैन, कामकाज सुरु गरिसक्यौँ’, उनले भने, ‘गाडीचाहिँ ५० वटा जति कामै नलाग्ने भए,भित्रपट्टी राखिएका १० वटा गाडीमा त्यति क्षति पुगेको छैन,सिसा फुटेका छन्,मर्मत गरेर प्रयोगमा ल्याउन सकिन्छ ।’

‘क्षतिको विवरण करिब करिब संकलन भइसकेको छ, तर कति बराबरको क्षति भयो भन्नेबारे प्राविधिक रुपमा मूल्यांकन भइरहेको छ, दुई चार दिनमा कूल क्षति थाहा हुन्छ ।’

सहसचिव मैनालीका अनुसार परराष्ट्र, उद्योग,श्रम,रक्षा,वन र भौतिक मन्त्रालयका भवन पनि ठूलो क्षति हुनबाट जोगिएका छन् । यद्यपि, ती मन्त्रालयका दर्जनौँ गाडीहरु भने क्षतिग्रस्त छन् । ‘ती मन्त्रालयमा पनि आंशिक क्षति मात्रै छ,प्रत्येक भवनका दुई चारवटा ढोका र झ्याल फुटेका छन्, तर गाडीचाहिँ अधिकांश मन्त्रालयको खरानी भएका छन्’, उनले थपे ।

सिंहदबारमा भएको भौतिक क्षतिको अनुगमन पुरा भइसके पनि प्राविधिक रुपमा मूल्यांकन गर्न भने अझै बाँकी रहेको पनि सहसचिव मैनालीले बताए। अघि भने, ‘क्षतिको विवरण करिब करिब संकलन भइसकेको छ, तर कति बराबरको क्षति भयो भन्नेबारे प्राविधिक रुपमा मूल्यांकन भइरहेको छ, दुई चार दिनमा कूल क्षति थाहा हुन्छ ।’