काठमाडौं, ३० भदौ । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङ शपथ ग्रहण लगत्तै अस्पताल पुगेका छन् ।
उनी मन्त्रालय नगई सिधै जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरू र मृतकका परिवारलाई भेट्न टिचिङ अस्पताल पुगेका हुन् ।
घिसिङसहित तीनजना मन्त्रीले आज राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । कुलमानलाई ऊर्जासहित, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ ।
अस्पतालबाट उनी सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गर्नेछन् ।









प्रतिक्रिया