२७ असार २०८३, शनिबार

एमाले मुख्यालयमा आगजनी : प्रभु साहका छोरासहित केही युवाको पहिचान

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ भदौ । नेकपा (एमाले) को च्यासलस्थित केन्द्रीय कार्यालयमा आगो लगाउने केही युवाहरू आम जनता पार्टीसँग निकट रहेको खुलेको छ।

सार्वजनिक भिडियोमा पार्टी अध्यक्ष प्रभु साहका छोरासहित केही युवा एमाले मुख्यालयमा आगो झोसेर बाहिर निस्किरहेको देखिएको हो। रौतहटका प्रभु साह पूर्व माओवादी, पछि एमाले र हाल आम जनता पार्टीको अध्यक्ष छन् ।

प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक भएका फोटो तथा भिडियोको आधारमा अपराधीहरूको पहिचान गरिरहेको छ। साथै, भदौ २३ र २४ गते खिचिएका सामग्री उपलब्ध गराएर अनुसन्धानमा सहयोग गर्न आम नागरिकलाई अपील गरेको छ।