३० जेष्ठ २०८३, शनिबार

नदीमा डुबेको अवस्थामा दुई जनाको शव फेला

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, २८ भदौ । जितिया पर्वको (नहायखाय)का लागि व्रतालुसँगै नदीमा नुहाउने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ । गौर नगरपालिका–६ सवगढका व्रतालुहरुसँगै लालबकैया नदीमा नुहाउन गएकी बालिकाको शनिबार बिहान डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

गौर नगरपालिका–६ बैजु साहको १० बर्षीया छोरी करिश्मा साह आमासँगै नुहाउने क्रममा शनिबार बिहान डुबेर बेपत्ता भएको खबरपाएपछि नेपाली सेना, सशस्त्र प्रहरी ,नेपाल प्रहरी तथा स्थानीयले खोजी गरेका हुन् ।

शनिबार बिहानदेखि खोजी गरेपनि दिउँसो बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीले जानकारी दिए ।

जितिया पर्वको (नहायखाय) अर्थात पवित्र जलाशयमा नुहाएर चोखो खाना खाने दिन भएको हुँदा व्रतालुसँगै बालिका पनि नदीमा नुहाउन गएको उनले बताए । उनका अनुसार बालिकाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको छ ।

यसैगरी, लालबकैया नदीमा पौडी खेल्न तथा नुहाउन गएका इशनाथ नगरपालिका–१ का १५ वर्षीय विगन साहको पनि शनिबार बिहान शव फेला परेको एसपी गिरीले बताए ।

गत बिहीबार साथीहरुसँग लालबकैया नदीमा पौडी खेल्न गएका साहको शव ८ किलोमिटर दक्षिणतर्फ भारतीय क्षेत्रमा फेला परेको उनले बताए । साहको शव ल्याउन भारतीय प्रहरीसँग समन्वय भइरहेको र घरका सदस्यहरु त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।