२८ आश्विन २०८३, बुधबार

जेनजी आन्दोलनका नाममा बर्दिवासमा एक सय ८३ बोट सालका रुख कटान

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, २७ भदौ । जेनजी आन्दोलनका नाममा बर्दिवास नगरपालिका–५ टुटेश्वरस्थित टुटेश्वरनाथ साझेदारी वन उपभोक्ता समिति अन्तर्गतको १८३ बोट सालका रुख कटान गरिएको छ ।

जेनजी आन्दोलनका क्रममा मङ्गलबार प्रदर्शनकारीले कार्यालयमा आगजनी प्रयास गरेपछि १८ वटा रुख काटेका थिए । भोलिपल्ट बुधबार थप १६५ बोट सालका रुख कटान गरिएको थियो ।

प्रहरीले रुख कटान गर्ने दुई युवालाई पक्राउ गरे पनि गाउँलेको दबाबमा छाडेको र अनुसन्धान भइरहेको जनाएको छ ।

उपभोक्ता समितिका अध्यक्ष विनय झाका अनुसार जेनजी आन्दोलनको दिन दिउँसै कार्यालयमा पुगेर युवाले आगजनी प्रयास गरेका थिए ।

प्रहरीले बुधबार रुख कटानमा संलग्न कृष्ण घलानसहित दुई युवालाई पक्राउ गरेको थियो । गाउँले सयौँको सङ्ख्यामा पुगेर घेरेपछि प्रहरीले छाडेको थियो ।

घटनाबारे अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय महोत्तरीका डिभिजन प्रमुख अजयकुमार मिश्रले जानकारी दिए ।