५ असार २०८३, शुक्रबार

कलंकी नजिकै कोल्डड्रिंक्स बोकेको पिकअप भ्यान दुर्घटना

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । काठमाडौंको कलंकी नजिकै कोल्डड्रिक्स बोकेको पिकअप भ्यान दुर्घटनामा परेको छ ।

सोमबार बिहान करिब ६ः५० बजे बा १३ च ६११९ नम्बरको गाडी दुर्घटनामा परेको हो । कलंकीबाट बल्खुतर्फ जाँदै गरेको पिकअप भ्यान अनियन्त्रित भई दुर्घटनामा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

धादिङ बस्ने २४ वर्षीय चालक गौरव रानामगर सकुशल छन् भने अन्य मानविय क्षति नभएको प्रहरी प्रवक्ताले जानकारी दिए । उनले घटनाको थप विवरण आउन बाँकी रहेको समेत जानकारी गराए ।