२९ जेष्ठ २०८३, शुक्रबार

कांग्रेस पदाधिकारी बैठक बस्दै

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (सोमबार) बस्दैछ । सभापति शेरबहादुर देउवाले सोमबार बिहान १० बजे आफ्नै निवास बूढानीलकण्ठमा बस्नेगरी बैठक बोलाएका हुन् ।

प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार र उपसभामुख इन्दिरा रानामगरमाथिको पदीय आचरण विपरीतको कार्य गरेको भन्दै हटाउन भइरहेको गृहकार्यबारे छलफल गर्न देउवाले बैठक बोलाएको एक पदाधिकारीले जानकारी दिए ।

यस्तै, बैठकमा सङ्घीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा गडबडी गरेको पाइएपछि विवादमा परेका सभापति रामहरि खतिवडाले राजीनामा दिएकोबारे पनि छलफल हुने बताइएको छ ।