६ असार २०८३, शनिबार

भारतबाट ईभी आयातमा वृद्धि

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदौ । नेपालमा भारतबाट आयात हुने विद्युतीय गाडी (ईभी) आयातमा वृद्धि भएको छ ।

विशेषगरी नेपालमा चीनबाट धेरै ईभी गाडी भित्रिने भएपनि बाढीपहिरोका कारण उत्तरतर्फका दुवै नाका रसुवागढी र तातोपानी ठप्प भएपछि भारतबाट ईभी आयातमा वृद्धि भएको भन्सार विभागको तथ्यांकले देखाएको हो ।

चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा नेपालमा भारतबाट ८५ वटा र चीनबाट ६० वटा गरी कुल १६० वटा चारपांग्रे ईभी आयात भएका छन् । अघिल्लो वर्षको तुलनामा चीनबाट आयात हुने ईभी संख्या घटेको देखिएको छ ।

अघिल्लो आव २०८१/८२ को सोही अवधिमा नेपालमा कुल ३८१ वटा ईभी आयात भएका थिए । जसमध्ये चीनबाट २०२ वटा र भारतबाट १७८ वटा मात्रै आयात भएको विभागको तथ्यांकले देखाएको छ ।

नाडा अटो मोबाइल्स एशोसिएशनका अनुसार बाढीपहिरोका कारण उत्तरतर्फका दुवै नाका रसुवागढी र तातोपानी ठप्प भएपछि भारतीय ईभी आयातमा वृद्धि भएको देखिएको हो ।

गत असार २४ मा नेपाल–चीन सिमास्थित लेहेन्दे खोलामा आएको विनाशकारी बाढीले नेपाल–चीन जोड्ने मित्तेरी पुल समेत बगाएपछि रसुवागढीबाट दुई देश बीच हुने व्यापार ठप्प छ ।

त्यसैगरी, अरनिको राजमार्गअन्तर्गत कोदारी खण्डमा पहिरो खसेर ठप्प बनेको तातोपानी नाका १८ दिनपछि बल्ल सञ्चालनमा आएको छ  ।