२ असार २०८३, मंगलबार

शिक्षित जनशक्ति नै राष्ट्रको बृहत् पूँजी होः पूर्व राष्ट्रपति डा. यादव

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

ललितपुर, भदौ ७ गते । पूर्वराष्ट्रपति डा.रामवरण यादवले शिक्षित जनशक्ति नै राष्ट्रको बृहत् पूँजी भएकाले शैक्षिक उन्नयनका निम्ति राज्यका साथै निजी क्षेत्र सदैव गम्भीर हुनुपर्नेमा जोड दिएका छन् ।

साथै उनले सरकार र निजी क्षेत्रको साझेदारीमा लक्ष्य हासिल गर्न सहज हुने बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ललितपुर महानगर समितिद्वारा आज जावलाखेलमा आयोजित एसइई परीक्षा २०८१ मा सर्वोत्कृष्ट अङ्क प्राप्त गरेका विद्यार्थीलाई सम्मान गर्दै उनले शिक्षा, स्वास्थ्य, कृषि र उद्योगको विकासबाट राष्ट्रको विकास गर्न सकिने बताए ।

संविधानमा स्थानीय तहले माध्यमिक तहसम्मको शिक्षाको जिम्मा लिने व्यवस्था गरिएको बताउँदै भने, “तपाईं निजी विद्यालय सञ्चालकहरु पनि स्थानीय तह माताहतमा जान चाहिरहनु भएको छैन, नागरिकप्रति राज्यको जिम्मेवारी पूरा हुनुपर्छ, कल्याणकारी राज्यको कल्पना संविधानले गरेको छ ।” ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले यस वर्ष ललितपुर महानगरले चार ‘जिपीए’ प्राप्त गरेका ८६ विद्यार्थीलाई सम्मान गरेको बताए ।