
काठमाडौं, ७ भदौ । राष्ट्रिय विभूति मोतिराम भट्टको १६० औँ जन्मजयन्ती आज देशभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । १९२३ साल भदौ कृष्ण कुशे औँसीका दिन जन्मिनुभएका भट्टको १९५३ साल भाद्रकृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो ।
भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि महत्वपूणै योगदान पु¥याएका छन् । नेपाली साहित्यको श्रृंगार रसलाई योगदान दिएका युवाकवि मोतिराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए ।








प्रतिक्रिया