६ असार २०८३, शनिबार

ब्रिटिस कलेजले ‘छैटौं ब्रिटिस कप इन्टर कलेज फुटसल’ प्रतियोगिता गर्दै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । द ब्रिटिस कलेजले छैटौं ब्रिटिस कप( २०२५ इन्टर कलेज फुटसल टुर्नामेन्टको आयोजना गर्ने भएको छ।

यस प्रतियोगितामा पहिलो पटक दुई अलग–अलग डिभिजन समावेश गरिएको छ।  यही अगस्ट २५ देखि २९ सम्म  बालुवाटारस्थित धुकु फुटसल ग्राउन्डमा प्रतियोगिताको आयोजना हुने भएको हो।

सन् २०१८ देखि कलेजले निरन्तर रुपमा आयोजना गर्दै आएको प्रतियोगितामा विभिन्न कलेजहरुले सहभागिता जनाउँदै आएका छन् । यस पटक नाइटिङ्गेल कलेज, चेल्सी कलेज, डीएभी, एलआरआई, भृस्पती कलेज, बीएमसी, एआईटीएम, ओरिएन्टल, भीएस, समृद्धि कलेज, ब्लूवर्ड, डियरवाक, उल्लेन्स, ट्रिनिटी इन्टरनेशनल कलेज, एभरेष्ट फ्लोरिडा, ओरिएन्ट, सीआरसी, ग्लोबल कलेज, क्यास्पियन भ्याली, काष्ठमण्डप, मनास्लु ं२ ले  प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

त्यस्तै स्नातक कलेजहरू अन्तर्गत विरिन्ची कलेज, द ब्रिटिस कलेज, ब्रिटिस प्रोफेशनल कलेज, द वेस्टमिनिस्टर कलेज, थेम्स कलेज, सफ्टवैरिका कलेज, आईएससीएमटी, एपेक्स कलेज, हेराल्ड कलेज, एआईटीएम, टेकस्पायर कलेज, नाथएम, प्रेसिडेन्सियल कलेज, एलए कलेज, नागार्जुन कलेज, एआईएमएस, ट्रिनिटी कलेज, वेदस कलेज, साईम, काठमाडौं बिजनेस क्याम्पस, इनसाइट भिजन कलेज तथा आयोजक ब्रिटिस कलेजले सहभागिता जनाउने छन् ।

प्रतियोगिताको बिजेताले १ लाख रुपैयाँ तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन्। त्यस्तै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र फेयर प्ले टिमलाई पनि  ५ हजार रुपैयाँ देखि १० हजार रुपैयाँ सम्मको नगद पुरस्कारले सम्मान गरिने जानकारी दिइएको छ । ब्रिटिस कलेजका मार्केटिङ प्रमुख अमरदीप मण्डलले छैटौं संस्करणको प्रतियोगिता गर्न पाउँदा आफूहरु निकै खुसी भएको बताए ।

यस प्रतियोगिताको मुख्य उद्देश्य टिमवर्क र स्पोर्टस म्यानसिपलाई प्रोत्साहित गर्नु रहेको बताउँदै उनले नयाँ ं२ डिभिजन थपिएकोमा खुसी व्यक्त गरे ।