४ असार २०८३, बिहिबार

धान गोड्ने क्रममा लडेर वृद्धाको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ६ भदौ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा खेतमा धान गोड्ने क्रममा लडेर वृद्धाको मृत्यु भएको छ । गाउँपालिका– ६ स्थित बभनगाकी ६५ वर्षीया पवनदेवी यादवको खेतमै धान गोड्ने क्रममा लडेर मृत्यु भएको हो ।

बिहीबार बिहान साढे ९ बजेतिर आफ्नै खेतबारीमा धान गोड्दै गर्दा अचानक लडेर बेहोश भएपछि उनलाई उपचारका लागि छिन्नमस्ता अस्पताल लगिएको थियो । चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

उनको शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज लगिएको प्रहरी उपरीक्षक बस्नेतले बताए ।