३ श्रावण २०८३, आइतबार

म्याग्दीमा २३ हेक्टरमा सिँचाइ सुविधा विस्तार

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, ५ भदौ । राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनामार्फत आर्थिक वर्ष २०८१/०८२ मा म्याग्दी, बागलुङ, मुस्ताङ र पर्वतमा थप २३ हेक्टरमा सिँचाइ सुविधा विस्तार भएको छ ।

सिँचाइ पूर्वाधार निर्माण तथा मर्मतसम्भार कार्यक्रममार्फत ५९ वटा साना सिँचाइ योजना भएका परियोजना कार्यान्वयन एकाइले जनाएको छ । परियोजनाका कृषि अधिकृत विक्रम बस्यालले पानी सङ्कलन गर्ने पोखरी, नहर निर्माण र पाइपलाइन जडानका लागि कूल लागतको ८५ प्रतिशतका दरले ९३ लाख ८१ हजार रुपैयाँ अनुदान वितरण गरिएको जानकारी दिए ।

बेनी, बागलुङ नगरपालिका, काठेखोला, मङ्गला, रघुगङ्गा, अन्नपूर्ण र जलजला गाउँपालिकामा सुन्तला, थासाङको ३, ४ र ५ बाहेक मुस्ताङको २२ वटा वडामा स्याउ, म्याग्दीको छ वटै पालिकामा बङ्गुर, मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा च्याङ्ग्रा ‘जोन’ लागू भएको छ ।

यसैगरी, म्याग्दीको अन्नपूर्णको सबै वडा, रघुगङ्गाको ५, ६, ७, ८ र बेनी नगरपालिकाको १० नम्बर वडा मुस्ताङको सबै क्षेत्रमा आलु जोन लागू भएको छ ।