
आवाजा (तुर्कमेनिस्तान), २० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भूपरिवेष्ठित विकासशील देशहरू (एलएलडिसी)मा समृद्धिको चालकको रूपमा संरचनात्मक रूपान्तरण, विविधीकरण, विज्ञान, प्रविधि र नवप्रवर्तन उच्चस्तरीय विषयगत राउण्ड टेबलमा सम्बोधन गरेका छन् ।
तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू ९एलएलडिसी०को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको साइड इभेन्टका रुपमा प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गर्दै भूपरिवेष्टित मुलुहरुको रुपान्तरण कुनै छनोट नभई आवश्यकता भएकोमा जोड दिए ।









प्रतिक्रिया