७ असार २०८३, आइतबार

केन्याका अवैतनिक वाणिज्यदूत टण्डन र पोर्चुगलका लागि नेपाली राजदूत पौडेलबीच छलफल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० साउन । सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक, ग्लोबल बिजिनेस तथा डायस्पोरा समिति (सीएनआई)का सभापति, तथा नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन र पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलबीच भेटवार्ता भएको छ । उनीहरुबीच विदेशी प्रत्यक्ष लगानी भित्र्याउन आवश्यक रणनीतिक छलफलका साथै उत्पादनशील छेत्रहरु र प्रविधि स्थानन्तरणहरुमा रेमिटान्स लगानीलाई समर्थन गर्न औपचारिक नेटवर्कहरुको स्थापना गर्ने, साहसिक पर्यटन, सांस्कृतिक सम्पदा र अध्यात्मिक रिट्रीटहरूको लागि नेपाललाई शीर्ष गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने विषयमा छलफल भएको थियो ।

राजदूत पौडेलले छलफलमा पोर्चुगलमा रहेका नेपालीहरुका समस्या समाधानका लागि आफू लागिपरेको र नेपाली आप्रवासीहरुको कल्याण र अधिकार सुनिश्चित गर्ने कार्य भइरहेको साथै पोर्चुगलमा नेपाली उत्पादनहरूको प्रवर्द्धन गर्ने प्रभावकारी योजना बनिरहेको जानकारी गराएका थिए ।

भेटवार्तामा पोर्चुगलमा रहेको नेपाली मिसन र सीएनआईबीचको संस्थागत सम्बन्धको बारेमा पनि छलफल भएको थियो ।