
काठमाडौं, ५ साउन । धादिङमा किशोरीको बलात्कार आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नीलकण्ठ नगरपालिका–३ का १९ वर्षीय अमृतजंग मल्लसहित दुईजना छन् । १७ वर्षीया एक किशोरीको बलात्कार गरेको उनीहरूमाथि आरोप छ । शनिबार साउन ३ गते उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
घटनामा संलग्न एकजना फरार रहेका र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया