२३ असार २०८३, मंगलबार

युवकको हत्या आरोपमा युवती पक्राउ

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

धनुषा ५ साउन । महोत्तरीको पर्सा गाउँपालिका–१, पर्सा टोल बस्ने ३२ वर्षीय विमलेश यादवको हत्या गरेको आरोपमा युवती पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा महोत्तरीको बनौटा घर भई धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा–४ मा डेरा गरी बस्ने २१ वर्षीया जुली झा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार पत्रकार सम्मेलन गर्दैजानकारी दियो।

राती १० बजेको समयमा जनकपुरधामस्थित जिरोमाइलमा रहेको होटल एसपी एण्ड गेष्ट हाउसमा युवक यादवको हत्या गरेको जानकारी दियको छ ।

शनिबार राति करिब साढे ३ बजेको समयमा यादव होटलमा मृत भेटिएका थिए। प्रहरीका अनुसार उनीहरू शनिबार राति करिब १० बजेको समयमा होटेल एसपी एण्ड गेष्ट हाउसको १०२ नम्बर कोठामा सँगै बसेका थिए।

राति २ बजेर ५७ मिनेटमा युवक रगतले भरिएको अवस्थामा पहिलो तल्लाबाट नग्न अवस्थामा झरेका थिए। र राति ३ बजेर ४ मिनेटमा युवती होटलबाट भागेको सिसिटीभी फुटेजमा देखिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले बताए।

प्रहरी अनुसन्धानबाट युवक यादव विवाहित हुन्। विवाहअघि युवक र युवती प्रेम सन्धमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

विवाहित युवक यादव र आरोपित युवती झाबीच अवैध सम्बन्ध रहेको र उक्त सम्बन्धको क्रममा बनाएको भिडियो देखाएर युवकले युवतीलाई ब्लाकमेल गर्दै आएको पनि खुलेको छ।

सोही विषयलाई लिएर युवतीले झाको हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ।
युवतीलाई आइतबार दिउँसो १२ बजे महोत्तरीको परौल स्थानतर्फ भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक सिंहले जानकारी दिए।