
काठमाडौँ, ३ साउन । शनिबार रातिदेखि सोमबारसम्म नेपालमा भारी वर्षा सुरु हुने मौसमविद्हरूले पूर्वानुमान गरेका छन्।
भारतको उत्तरप्रदेशतर्फ रहेको मनसुनी रेखा शनिबारदेखि नेपालतिर सर्ने र त्यसको प्रभावले सोमबारसम्म देशभर नै भारी वर्षा हुने सम्भावना रहेको छ ।
पानी पार्ने प्रणाली पूर्वबाट पश्चिमतिर सर्दै जाने र देशभर वर्षाको मात्रा बढ्ने पूर्वानुमान पनि मौसमविद्हरूले गरेका छन्।
शनिबार रातिदेखि वर्षा हुने र आइतबारदेखि सोमबारसम्म भारी वर्षा हुनसक्ने अनुमान मौसमविद् सञ्जीव पोखरेलले गरेका छन्।
सोमबारसम्म नेपालभर भारी वर्षाको पूर्वानुमान रहेकाले सचेत रहन पनि मौसमविद्हरूको भनाइ छ।










प्रतिक्रिया