
दाङ, ३ साउन । दाङ – दाङको बंगलाचुली गाउँपालिका–४ जुम्लेपानीमा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन्।
मादकपदार्थ सेवनपछि भएको घरायसी झगडामा जागेश्वर पुनले ५० वर्षीया श्रीमती गोमा पुनको लठ्ठी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
बिहीबार राति करिब १० बजे घरायसी विवाद हुँदा जागेश्वरले लठ्ठीले हान्दा गोमाको मृत्यु भएको थियो। प्रहरी चौकी कमिरेचौरबाट खटिएको टोलीले ३८ वर्षीय श्रीमान् जागेश्वर पुनलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको छ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।








प्रतिक्रिया