१८ असार २०८३, बिहिबार

भ्रष्टाचारको छानबिन र कारबाहीको माग गर्दै राप्रपाले बुझायो अख्तियारलाई ज्ञापनपत्र

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा उच्च पदस्थ नेता तथा कर्मचारीहरूमाथि छानबिनको माग गर्दै सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरूपयोग अनुसन्धान आयोग पुगेको छ।

२०४६ सालपछिका उच्च पदस्थ नेता तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गरिनुपर्ने राप्रपाको माग छ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपा नेताहरूले शुक्रबार सम्पत्ति शुद्धीकरण विभाग र अख्तियारलाई ज्ञापन पत्र नै बुझाएर सम्पत्ति र सबै काण्डहरूको छानबिन गरी दोषीमाथि कारबाही माग गरेका हुन्।

संघ, प्रदेश र स्थानीय तहका बीच भ्रष्टाचारका लागि प्रतिस्पर्धाजस्तो देखिन्छ।

अहिले भ्रष्टाचार कहाँ कहाँ छ होइन, कहाँ चाहिँ छैन भनेर खोज्नुपर्ने परिस्थिति निर्माण भएको छ,’ राप्रपाले अख्तियारमा बुझाएको ज्ञापन पत्रमा उल्लेख छ।