२७ असार २०८३, शनिबार

पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत रेग्मी रास्वपा प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, १ साउन । नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत डा। धनन्जय रेग्मी रास्वपा प्रवेश गरेका छन् ।

बिहीबार रास्वपा केन्द्रीय कार्यालयमा पार्टी प्रवक्ता मनीष झा लगायतका नेता कार्यकर्ताले पार्टीमा स्वागत गरिएको घोषणा गरेका छन्

स्याङ्जाका स्थायी बासिन्दा रेग्मी जलवायु परिवर्तन तथा हिमतालहरुको अध्येता हुन् भने उनी पर्यटन क्षेत्रका पनि विज्ञ हुन् ।

उनले पार्टीको सदस्यता लिएको प्रवक्ता मनिष झाले जानकारी दिए । उनले आजबाट पार्टीको परिचयमा पनि रेग्मी जोडिएको जानकारी गराउँदै स्वागत गरे ।

रेग्मीले भूगोल विषयको शिक्षकका रुपमा बुढानिलकण्ठ स्कूलमा अध्यापन गराएका थिए ।