
काठमाडौं, १ साउन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बिहीबार सिंहदरवारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा चरित्र हत्या गर्न आफूलाई मुछेको बताए।
घूस प्रकरणमा मुछिएपछि सामान्य प्रशासनमन्त्रीबाट राजीनामा दिएका राजकुमार गुप्ताले आफूलाई मुछेको विषय भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले थाहा नभएको बताएका छन् ।
मन्त्री अधिकारीले आफ्नो चरित्र हत्या गर्न आफूलाई विवादमा तानिएको दाबी गरे ।
पोखराको बाटुलेचौरस्थित १ सय ३४ रोपनी जग्गा ‘सेटिङ’ मिलाएर दर्ता गर्नका लागि तत्कालीन मन्त्री गुप्ता, बिचौलिया पुरुष र एक महिलाबीच कुरा भएको ९ मिनेट १३ सेकेन्डको अडियो सार्वजनिक भएको थियो ।
गुप्ताले मन्त्री पदबाट राजीनामा दिइसकेका छन् ।








प्रतिक्रिया