२६ असार २०८३, शुक्रबार

उपेन्द्रको दाबी : राजकुमार गुप्ता मधेशी भएकै कारणले राजीनामा दिन बाध्य पारियो

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, १ साउन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको सचिवालयको फेसबुकमा बाको शासन रहेसम्म मन्त्रीले राजीनामा दिनु नपर्नेु स्टाटस पोस्ट गरेर हटाएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीबारे सार्वजनिक अडिओको सन्दर्भलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्ष्य गर्दै अध्यक्ष यादवको सचिवालयले बिहीबार दिउँसो उक्त स्टाटस राखेर केहीबेरमै हटाएको हो।

‘ढुक्क हुनुस्, भूमिमन्त्री बलराम अधिकारीले राजीनामा दिनुपर्दैन। बालुवाटार र च्यासलको शिरमा ुबाु को राज रहुन्जेल उनका सगोत्री पार्टनरहरूलाई जे गर्न पनि छुट छ,’ उपेन्द्र यादवको सचिवालयले लेखेर स्टाटस पोस्ट गरेको थियो।

तर अहिले यो पोस्ट सचिवालयको फेसबुकमा देखिँदैन।

पोखराको बाटुलेचौरमा रहेको १३४ रोपनी जग्गा दर्ता गर्न ३२ लाख रुपैयाँ मन्त्री अधिकारीले घुस लिएको भन्दै अडिओ सार्वजनिक भएको छ।