२० असार २०८३, शनिबार

पहिरोले घर पुर्दा वृद्धाको मृत्यु

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, ३२ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ गाडपारमा आज दिउँसो पहिरोले घर पुर्दा वृद्धाको मृत्यु भएको छ ।

गाडपार गाउँमाथिको पाखोबाट खसेको ढुङ्गा माटोसहितको सुक्खा पहिरोले परिएर ७२ वर्षीया सीता फगामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरभित्रै बसिरहेकी फगामीको पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए ।

प्रहरी र स्थानीयवासीले मृतकको शव पहिरो पन्छाएर निकालेका थिए । पहिरोले फगामीको घरसमेत भत्किएको छ । सीताका श्रीमान् ७२ वर्षीय टुकबहादुर फगामीले भागेर ज्यान जोगाएका छन् ।

पहिरोको जोखिममा रहेका पाँच घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले बताए ।