२१ असार २०८३, आइतबार

मुलुक फेल हुने अवस्थामा थियो, अहिले सबै कुरा पोजेटिभ छ : सञ्चारमन्त्री गुरूङ

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक फेल हुने अवस्थाबाट जोगिएको बताएका छन् ।

सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले एमाले सरकारमा जाँदा मुलुक फेल हुने अवस्थामा रहेको स्मरण गरेका हुन् ।

उनले भने, हाम्रो अर्थतन्त्र हामी सरकारमा जाँदा जे हालतमा थियो, मुलुक फेल हुनसक्छ भन्ने स्थिति थियो आज सबै कुरा पोजेटिभ भएको छ। यद्यपि हामीले चाहेको अझै भएको छैन । आयात घट्न थालेको छ। निर्यात बढ्न थालेको छ। विकास निर्माणको काम पनि भइरहेको छ । उत्पादन वृद्धिको हिसाबले पनि धेरै राम्रो भएको छ। लिकबाट बाहिर गएको अर्थतन्त्रलाई लिकमा फर्काएका छौँ। अब कति स्पिडमा जाने भन्ने हो।’

उनले मन्त्री मण्डल पुनर्गठन हुने विषय सामान्य प्रक्रिया रहेको बताए । मन्त्रिपरिषद् गठन, पुर्गठन गर्ने कुरा ठूलो कुरा नभएको र प्रधानमन्त्रीले शपथ लिने बेलैमा एक वर्षको कार्यकाल हेरिने, कार्यकाल थपघट गरिने उल्लेख गरेको उनले स्पष्ट पारे ।