९ असार २०८३, मंगलबार

महानगर यातायातद्वारा विद्युतीय बस सेवा सञ्चालन

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३२ असार । महानगर यातायात प्रालिले बुधबारदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ।

१२ बस चक्रपथभित्र सञ्चालन हुने भएका छन्। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज आयोजित कार्यक्रममा नयाँ बस सेवाको शुभारम्भ गर्दै, पेट्रोलियम इन्धनमा निर्भरता कम गरेर वातावरणमैत्री र स्मार्ट सहर निर्माणका लागि विद्युतीय यातायात आवश्यक भएको बताए।

कार्यक्रममा बोल्दै दाहालले “सरकारले विद्युतीय बस सञ्चालन गर्न प्रोत्साहन गर्ने, आवश्यक नीति तथा संरचनात्मक सहयोग प्रदान गर्ने, यातायात क्षेत्रमा प्रविधिको उपयोग गर्दै नागरिकको पहुँच सहज, सुरक्षित र भरपर्दो बनाउने प्रतिबद्दता जाहेर गरे ।”

कार्यक्रममा कम्पनीका सचिव केशव नेपालले महानगर यातायात प्राली पहिलो सार्वजनिक यातायातमा आधारित पब्लिक लिमिटेड कम्पनी भएको बताए।

कम्पनीका अध्यक्ष सन्तोष खतिवडाले निकट भविष्यमै उपत्यका र आसपासका अन्य क्षेत्रमा समेत विद्युतीय बस सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिए।

कम्पनीले चन्द्रागिरि, थानकोट हुँदै बनेपा र धुलिखेलसम्म बससेवा सञ्चालन गरिसकेको छ।