२९ जेष्ठ २०८३, शुक्रबार

लेखा व्यवस्थापन सांगठनिक सुशासनको पहिलो आधार : एमाले कर्णाली इन्चार्ज बोगटी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, ३२ असार । नेकपा (एमाले) का स्थायी कमिटि सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरबहादुर बोगटीले पार्टी भित्रको लोखा व्यवस्थापन सांगठनिक शुसाशन कायम गर्ने पहिलो आधार भएको बताएका छन् ।

एमाले कर्णाली प्रदेश कमिटीले दशवटा जिल्ला कमिटिहरुका लागि आयोजना गरेको आर्थिक तथा लेखा ब्यवस्थापन प्रशिक्षण कार्यक्रममा निर्देशनात्मक प्रशिक्षण दिदैं इन्चार्ज बोगटीले यस्तो बताएका हुन् ।

पार्टीले सञ्चालन गरेको तीन महिने वडा केन्द्रीत जरा अभियान सञ्चालन गर्ने र केन्द्रीय सर्कुलर अनुसार पार्टी सदस्यता वितरण तथा नविकरण गर्ने सन्दर्भमा कर्णाली प्रदेश मातहतका दशवटै जिल्लाको काम प्रशंसनीय भएको उल्लेख गरेका प्रदेश इन्चार्ज बोगटीले शुसाशन र मर्यादित पार्टी संगठन निर्माणको अग्रणी पार्टी एमालेका हरेक कमिटिको लोखा व्यवस्थापन प्रर्णाली एमाले लाई चुस्तदुरुस्त बनाउन निर्देशन दिए ।

‘निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरुमध्ये हाम्रो पार्टी नेकपा (एमाले) संस्थागत रुपमा मात्र नभएर आर्थिक पारदर्शिताका हिसाबले समेत उत्कृष्ट पार्टीका रुपमा स्थापित छ । त्यस पार्टीका प्रदेश र जिल्ला कमिटि हुदैं पालिका कमिटीहरुको सबै गतिविधिलाई पारदर्शी र पार्टी सदस्यप्रति जवाफदेहि बनाउन अब रत्तिभर ढिलाई गर्न हुदैंन’, एमाले नेता बोगटीले थपे, ‘पार्टी संगठनको काम कसरी सञ्चालन भैरहेको छ भन्ने बुझ्ने पहिलो सूचक नैं लेखा व्यवस्थापन भएकाले केन्द्रीय लेखा आयोगको लोखा प्रर्णाली आनुशार सबै पार्टी कमिटिहरुको लेखा प्रर्णाली व्यवस्थापनको कामलाई तत्काल व्यवस्थित गर्नुहोस् ।’

हरेक पार्टी सदस्यहरुले प्रति महिना दिने सदस्यता शुल्ककै आधारमा पार्टीका सबै कमिटीहरु आर्थिक रुपमा सञ्चालन भएको दृष्टान्त उल्लेख गरेका इन्चार्ज बोगटीले पार्टी केन्द्रको निर्देशन अनुसार पालिका तहसम्मका सबै कमिटीको कारोबार अनिवार्य रुपमा बैंक खाताबाट गर्न निर्देशन दिए ।

भावी नेतृत्वका विषयलाई लिएर पछिल्लो समय एमालेवृत र बाहिर भैरहेको अनावश्यक हल्लाका पछि नलाग्न प्रदेश र जिल्लाका नेतृत्वहरुलाई निर्देशन दिनुभएका स्थायी कमिटी सदस्य बोगटीले पार्टीको नेतृत्वमा को आउने रु कसरी आउने भन्ने विषयको टुंगो आगामी एघारौं महाभिवेशले गर्ने भएकाले अनावश्यक हल्लाका पछि नलाग्न आमा कार्यकर्ता पक्तिलाई आग्रह गरे । पार्टीका कमिटि कस्ता बनाउने, कति संख्याका कमिटी निर्माण गर्ने रु नेतृत्वका लागि कस्तो प्रावधान राख्ने कुराको छिनोफानो पार्टीको आसन्न विधान महाधिवेशनले गर्ने बताउनु भएका बोगटीले सामाजिक सञ्जालमा आएका विषयको पछि नलागी पार्टी केन्द्रबाट जारी अन्तर पार्टी निर्देशन र सर्कुलरका आधारमा अघि बढ्न निर्देशन दिए ।

कर्णालीका दशवटै जिल्ला कमिटिका अध्यक्ष, लेखा आर्थिक तथा वित्त व्यवस्थापन विभागका प्रमुख, एमाले कर्णाली प्रदेश कमिटिका पदाधिकारी र लेखा तथा वित्त व्यवस्थापन विभाग प्रमुखसहितको उपस्थितीमा आयोजित कार्यक्रममा एमाले केन्द्रीय लेखा आयोगका प्रमुख डा। पुष्प कँडेलले सबै जिल्लाका पार्टीहरु केन्द्रीय लेखा आयोगको निर्देशन अनुसार आर्थिक कारोबारलाई व्यवस्थित गर्दै लैजाने हो भने लेखा व्यवस्थापनका हिसाबले पनि एमाले नेपालको एक नम्बर पार्टी बन्नमा कसैले नरोक्ने ठोकुवा गरेका छन् ।

एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलावजंङ शाहको अध्यक्षतामा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष डा. कँडेल, सदस्य मिनराज कँडेल, डा। मणीराम, जनक बोहरा, प्रदेश इन्चार्ज गोरख बहादुर बोगटीले लेखा व्यवस्थापन र पार्टीको नीति र समसामयीक विषयमा प्रशिक्षणात्मक मन्तव्य व्यक्त गरेका एमाले कर्णाली प्रदेश कमिटि लेखा तथा विक्त व्यवस्थापन विभागका प्रमुख टेकराज पछाईले जानकारी दिए ।

प्रदेश कमिटिको सचिवालय बैठकको आयोजना गरेको एमाले कर्णालीले सबै जिल्लाका सांगठनिक अवस्थाको समिक्षा तथा आगामी कार्यक्रमको बारेमा छलफलको आयोजना गरेको छ ।