१ श्रावण २०८३, शुक्रबार

केन्द्रीय कमिटीको निर्णय अनुसार महाधिवेशनमा उपस्थित हुन्छु : विद्यादेवी भण्डारी

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असार । पूर्वराष्ट्रपति एवम् नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किएकी नेतृ विद्यादेवी भण्डारीले आफू पार्टीको केन्द्रीय कमिटीको निर्णय अनुसार नै महाधिवेशनमा उपस्थित हुने बताएकी छिन् ।

मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा भण्डारीले आफ्नो उपस्थिति केन्द्रीय कमिटीको निर्णयमा भर पर्ने बताएकी हुन्।

उनले भनिन्, ‘मेरो उपस्थिति उहाँहरुले कसरी गराउनु हुन्छ ? त्यो केन्द्रिय कमिटीमै भर पर्ने कुरा हो । विधान महाधिवेशनको सन्दर्भमा उहाँहरुले मलाई प्रतिनिधिको रुपमा वा आमन्त्रित सदस्यको रुपमा कसरी गराउनुहुन्छ, त्यो हो । यसमा यही गर्नुपर्छ भन्ने छैन । तर समग्रतामा देशभित्र पार्टीले जसरी जुन जनताको तहमा काम गरिरहेको छ, त्यो तहको प्रतिनिधित्व बढाउने तहमा केन्द्रीय कमिटीले छलफल गरेर एउटा धारणा बनाउनेछ।’