११ असार २०८३, बिहिबार

मनकारी मिनबहादुर : टिचिङ अस्पताललाई झण्डै १० करोडको भवन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असार । भाटभटेनी सुपरमार्केटले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) लाई साढे ९ करोड रुपैयाँ बराबरको आधुनिक संरचना हस्तान्तरण गरेको छ ।

भाटभटेनीका सञ्चालक मिनबहादुर गुरूङका स्वर्गीय बुबा वृषबहादुर गुरूङ र आमा धनमाया गुरूङको सम्झनामा निर्माण गरिएको भवन प्रधानमन्त्री केपी शर्मा ओलीले हस्तान्तरण गरेका हुन् ।

भवनको निर्माण लागत करिब ९ करोड ५० लाख रुपैयाँ रहेको छ। समारोहअघि भाटभटेनी परिवारले भाटभटेनी (टंगाल)बाट टिचिङ हस्पिटलसम्म विशेष सांस्कृतिक पदयात्रा गरेको थियो ।

सञ्चालक गुरूङको नेतृत्वमा भाटभटेनीले समाजप्रति आफ्नो उत्तरदायित्व निर्वाह गर्दै शिक्षा, स्वास्थ्य र सामाजिक सेवामा निरन्तर योगदान दिँदै आएको छ।

सञ्चालक गुरूङले भवन हस्तान्तरणमार्फत आफ्ना दिवंगत आमाबुवाको सम्झनालाई समाजसेवामा रूपान्तरण गर्दै युवा पुस्तालाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

आफूले दान र समाजसेवाको शिक्षा स्वर्गीय माता र योगीबाट पाएको उनको भनाइ थियो । धन आर्जन गरी दान गर्नुपर्ने शिक्षा पाएकाले त्यसलाई व्यवहारमा लागु गर्दै गएको उनले बताए ।