१७ असार २०८३, बुधबार

मालपोत कार्यालय भक्तपुरका प्रमुख साढे २४ लाख घुससहित पक्राउ

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, ३१ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्यलाई २४ लाख ५० हजार रुपैंया सहित पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई घुुससहित मंगलबार दिउँसो कार्यालयबाटै पक्राउ गरेको हो।

अख्तियारले मालपोत प्रमुख आचार्य सहित कार्यालय सहयोगी टिकाराम राउतलाई पनि पक्राउ गरेको छ ।

जग्गासम्बन्धी कामको सिलसिलामा उनीहरुले घुस मागेको भन्दै परेको उजुरीका आधारमा अख्तियारले मालपोत कार्यालयमा छापा मारेको थियो ।

कार्यालय प्रमुखकै मिलेमतोमा उनले पैसा उठाएको आयोगको दाबी छ । आयोगले कार्यालय प्रमुख आचार्यको दुईवटा मोबाइल पनि जफत गरेको छ ।

त्यसक्रममा रकम समेत बरामद भएको अख्तियार स्रोतले बतायो ।