७ श्रावण २०८३, बिहिबार

छाउगोठ भत्काउन अभियान थालौँ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असार । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की सांसद रेणु चन्दले छाउपडी प्रथाको अन्त्यका लागि छाउगोठ भत्काउने अभियान थाल्न आग्रह गरेकी छिन् ।

उनले यसका लागि तीनै तहको सरकार, नागरिक समाज र सरोकारवाला सबैसँग अपिल गरेकी हुन् । राष्ट्रियसभाको आजको बैठकमा आकस्मिक बैठकमा सांसद चन्दले छाउपडी प्रथालाई निरन्तरता दिने व्यक्ति र जनप्रतिनिधिलाई राजनीतिक सदस्यता नदिन राजनीतिक दलहरुलाई आह्वान गरिन् ।

उनले छाउगोठमा मृत्यु भएकी २८ वर्षीया कमला आउजीप्रति श्रद्धाञ्जलि अपर्ण गर्दै कुप्रथालाई निरन्तरता दिनेलाई कानुनी कारबाहीको दायरामा ल्याउन सभाअध्यक्षमार्फत सरकारसँग माग गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगपालिकामा छाउगोठमा सुतेका बेला सर्पले डसेर आउजीको मृत्यु भएको थियो ।

“कानुनी रुपमा गोठ राख्न पाइन्छ कि पाइँदैन ? कसुरजन्य अपराधलाई प्रशय दिनेहरुलाई कानुनी दायरामा ल्याउनुपर्छ”, सांसद चन्दले भनिन्, “तीनै तहको सरकार पन्छिने, परिवार समाज पन्छिने अनि सबै दोष कुलदेवतालाई लगाउने ?”।