६ असार २०८३, शनिबार

ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति एमाले सांसदको आपत्ति

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति नेकपा एमालेकी सांसद सुनिता बरालले आपत्ति जनाएकी छिन् ।

आजको प्रतिनिधिसभा बैठकमा शाहीले ‘भ्रष्टाचार गर्न नपाए ओली क्याबिनेटमा जानू’ भन्ने अभिव्यक्ति दिएपछि बरालले आपत्ति जनाएकी हुन् ।

उनले नेतृत्वमाथि अनर्गल आरोप लगाइएको भन्दै शाहीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेकी हुन् ।

संसद्लाई जे पनि बोल्न र जस्तो आरोप पनि लगाउन पाइने थलो बनाउन नहुने उनको भनाइ छ ।

‘यो संसद्‍मा जे पनि बोल्न पाइने र जस्तो पनि आरोप लगाउन पाइने जुन प्रकृति र जुन अभ्यास बढिरहेको छ’, बरालले भनिन्, ‘पूर्ववक्ता माननीयले जसरी सरकारको नेतृत्व गरिरहनुभएका प्रधानमन्त्रीको नामै उल्लेख गरेर संगीन आरोप लगाउनुभयो । यो विषयमा हाम्रो दलको गम्भीर ध्यानाकर्षण भएको छ सभामुख महोदय । यो विषय रेकर्डबाट हटाइनुपर्छ ।’