३० असार २०८३, मंगलबार

नवीकरण बीमा शुल्क तथा म्यादी जीवन बीमा शुल्कमा पनि जोड दिन बीमा प्राधिकरणको निर्देशन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असार । नेपाल बीमा प्राधिकरणले नवीकरण बीमा शुल्क तथा म्यादी जीवन बीमा शुल्कमा पनि जोड दिन निर्देशन दिएको छ ।

प्राधिकरणले बीमा कम्पनी र लघुजीवन बीमा कम्पनीहरूलाई प्रथम बीमा शुल्कका अतिरिक्त मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक व्यवसायिक लक्ष्य तोक्दा नवीकरण बीमा शुल्क तथा म्यादी जीवन बीमा शुल्कमा समेत जोड दिन निर्देशन दिएको हो ।

बीमा कम्पनीहरूले आफ्ना कर्मचारी र विभाग तथा कार्यालयहरूलाई व्यवसायिक लक्ष्य तोक्दा सावधिक र एकल बीमाशुल्क भुक्तानी हुने बीमा लेखहरूलाई मात्र प्राथमिकता दिने गरेको, ठूलो रकमको बीमाशुल्क सङ्कलनमा केन्द्रीत हुने गरेको गुनासा आएपछि यस्तो निर्देशन दिएको प्राधिकरणले उल्लेख गरेको छ।