२१ असार २०८३, आइतबार

राजेन्द्र लिङदेनले गरेको कारबाही बदरको माग गर्दै सुवेदीले दिएको निवेदनमा के छ ? (पूर्णपाठसहित)

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असार । नवराज सुवेदी लगायत संस्थापन इतर समूहले आज निर्वाचन आयोगमा उजुरी दिएका छन् ।

पार्टीले विधान विपरीत अनुशासन समिति अध्यक्ष पदबाट हटाएको भन्दै सुवेदीले आयोगमा उजुरी दिएका हुन्। सुवेदीले आफू पार्टीको वरिष्ठ नेता एवं केन्द्रीय सदस्यको पदमा यथावत् नै रहेको र केन्द्रीय सदस्यको हैसियतबाटै अनुशासन समितिको अध्यक्षको जिम्मेवारी प्राप्त भई विधान अनुसारको पदीय जिम्मेवारी निर्वाह गरी आएको अवस्थामा पनि समितिको अध्यक्षबाट हटाइएको दावी गरिएको छ ।

अध्यक्ष राजेन्द्र लिङदेनले असार २५ गते सुवेदीलाई हटाएर उपाध्यक्ष रोशन कार्कीलाई सो पदमा नियुक्त गरेका थिए ।