२५ असार २०८३, बिहिबार

प्राप्त उपलब्धिको रक्षा गर्नु आजको नेपाली समाजको प्रमुख जिम्मेवारी : शंकर पोखरेल

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असार । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्राप्त उपलब्धिको रक्षा गर्नु आजको नेपाली समाजको प्रमुख जिम्मेवारी भएको बताएका छन् ।

राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स) को २६ औँ स्थापना दिवसका अवसरमा आइतबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले आजको अधिकार प्राप्तिको लागि धेरै त्याग र बलिदान भएको बताएका हुन् । यसमा नेपालका राजनीतिक दलले निक्कै ठुलो संघर्ष गर्नुपरेको उनले स्मरण गराए ।

२००७ को परिवर्तन पछि नेपाली जनताले केही अधिकार पाएका भए पनि पुनः राजाहरूले त्यो खोसेका पोखरेलको भनाइ छ । नेपालका राजनीतिक दलहरूले राजनीतिक अधिकार प्राप्तिका लागि नै लामो समय लड्नु परेको उनले सुनाएका छन् ।

नेपालमा राजनीतिक दलिले शासन नै गर्न नपाएका बताउँदै राजाहरू नेपाली जनतालाई अधिकार दिन कहिल्यै तयार नभएका उनले स्पष्ट पारे । राज्य कमजोर हुँदा नागरिक बलियो हुन नसक्ने बताउँदै उनले राज्य खोक्रो भएका कारण नागरिकलाई संविधानले दिएका आधारभूत अधिकार पनि दिन नसक्ने अवस्था नआएको स्पष्ट पारेका हुन् । अधिकारको मात्र कुरा गर्न, कर्तव्य निर्वाह नगर्ने कुराले देश कमजोर भएको पोखरेलको धारणा छ । ‘अधिकारसँग नागरिक कर्तव्यलाई जोड्ने कुरामा हामी चुक्यौँ, त्यसकारण मानव अधिकारको आन्दोलन अधिकारसँग कर्तव्यलाई जोडेर अघि बढ्नु पर्छ’, उनले भने ।

लोकतान्त्रिक राज्य जति बलियो हुन्छ त्यति नै मानव अधिकार सुनिश्चित हुने उनको भनाइ छ । राज्यलाई मानवअधिकार विरोधी भनि गरिने परिभाषा नै गलत भएको पोखरेलको धारणा छ । यसले सामाजिक अराजकता बढाउने उहाँको उनले बताए । सामाजिक अराजकताले अन्ततः राज्यलाई कमजोर बनाउने र मुलुकको विकासलाई रोक्ने उनले धारणा राखे । सामाजिक अराजकताले साम्राज्यवादको सेवा गर्ने बताए । लोकतान्त्रिक राज्य मानवअधिकार विरोधी नभई मानवअधिकारको रक्षक भएको उनले स्पष्ट पारे ।

वर्तमानको निराशामा टेकेर लोकप्रिय कुरा गरी समाजमा भ्रम फिँजाएर राजनीति गर्नेहरूले देश र जनताको हितमा काम नगर्ने उनको धारणा छ । उनीहरूले सामाजिक अराजकता बढाउने र प्रतिगमनलाई नै सहयोग पुर्‍याउने पोखरेलले बताए ।

पोखरेलले नेपालको आर्थिक विकासमा अहिले नयाँ चुनौती सिर्जना भएको भन्दै पढेलेखेको युवा पुस्ता देश भित्र केही गर्ने होइन बाहिर जाने सपना बोकेर बसेको बताउँदै यो देश विकासको लागि सबैभन्दा ठुलो चुनौती भएको धारणा राखेका छन् । ‘काम गर्ने उमेरका सबै मान्छे विदेश गएपछि देश बन्छ कसरी रु काम गर्ने मान्छे सबै विदेश जाने, अनि देश बनेन भनेर गाली गर्ने, देश बनेन भनेर चिन्ता मात्र गरेर हुँदैन, यसको लागि देशमा नै बसेर काम गर्नुपर्छ’, उनले भने ।

देशलाई समृद्ध बनाउने हो भने नागरिकहरू समृद्धिको यात्रामा जुट्नै पर्ने उनले बताए । सबै देश त्यही देशका नागरिकले नै बनाएका बताउँदै उनले देश बनाउने हो भने नागरिक नै जुट्नु पर्ने धारणा राखे । राम्रो आम्दानी हुने साना साना काममा नेपाली युवाको ध्यान नपुगेको बताउँदै उनले देशमा काम छाडेर विदेश जाने लहर बढ्नु दुःखको कुरा भएको बताए । नेपालबाट रोजगारीको लागि विदेश जाने भन्दा रोजगारीको लागि भारतबाट नेपाल आउनेको सङ्ख्या बढी भएको पोखरेलले सुनाए । ‘नयाँ पुस्तालाई हामीले सिपसँग जोड्न सकेनौँ, उद्यमसँग जोड्न सकेनौँ’, उनले भने ।

पोखरेलले अहिलेको अस्थिरताको मुख्य कारण राजनीतिक अस्थिरता नै भएको बताएका छन् । यसको लागि एमालेलाई बलियो राजनीतिक शक्तिको रूपमा स्थापित गर्नुपर्नेमा उनले जोड दिए ।