२९ असार २०८३, सोमबार

सूचना आयोगका पूर्वअध्यक्ष बास्कोटालाई पितृ शोक

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असार । राष्ट्रिय सूचना आयोगका पूर्वअध्यक्ष कृष्णहरि बास्कोटालाई पितृ शोक परेको छ । उनका पिता हरिहर बास्कोटाको १०० वर्षको उमेरमा आज बिहान कुलेश्वरस्थित आफ्नै निवासमा निधन भएको हो ।

समाजसेवी स्वर्गीय बास्कोटाको नाममा धादिङका विभिन्न विद्यालयमा ५० लाख रुपैयाँभन्दा बढी अक्षयकोश स्थापना गरी गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिँदै आएको छ । उनको नाममा हरिहर–भोजकुमारी केबलपुर मावि सञ्चालनमा छ । उनका दुई छोरी र चार छोरा छन् ।

स्व. बास्कोटाको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छोरा कृष्णहरिले जानकारी दिए ।