२० कार्तिक २०८३, शुक्रबार

मध्यरातमा मकवानपुरको बकैयाबाट २२ जुवाडे पक्राउ

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २८ असार । मकवानपुरको बकैया गाउँपालिका–५ राजदमारबाट २२ जना जुवाडे पक्राउ परेका छन् ।

स्थानीय मिलन थिङको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मनवानपुर, इलाका प्रहरी कार्यालय फापरबारी, प्रहरी चौकी हात्तीसुडे, अस्थायी प्रहरी पोष्ट गरगरे समेतबाट गरी २१ जनाको प्रहरी टोलीले उनीहरुलाई गएराति १ बजे जुवा खालबाट पक्राउ गरेको हो ।

जुवाको खालबाट ३ सेट कौडा, नगद ८ लाख ३६ हजार ४० रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेहरुमा घरधनी ४६ वर्षीय थिङ, हेटौंडा उपमहानगर–१८ बस्ने ४५ वर्षीय कमल थापा, सिन्धुलीको दुधौली नगरपालिका–२ बस्ने ३७ वर्षीय कैलाश धामी, हेटौंडा–८ कमाने बस्ने ५३ वर्षीय फडिन्द्रप्रसाद घिमिरे, हेटौंडा–१६ हटिया बस्ने ४६ वर्षीय रमेश महत लगायत २२ जना रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुको सूची