
काठमाडौं, २७ असार । प्रहरीले नियन्त्रणमा लिएका पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणिराज पाठक रिहा भएका छन् ।
पूर्वराजालाई संविधान विपरीत ‘श्री ५ महाराजाधिराज’ भन्दै विज्ञप्ति निकालेको भन्दै प्रहरीले आज उनलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो ।
उनले अबका दिनमा ‘श्री ५’ नलेख्ने भन्दै कागज गरेपछि रिहा गरिएको प्रहरीले जानकारी दिएको छ ।
ज्ञानेन्द्र शाहलाई अबदेखि श्री ५ महाराजाधिराज नभन्ने, महाराजाधिराज भनेर फेसबुकमा भएका पोस्ट हटाउने, आयन्दा पोस्ट पनि नगर्ने, विज्ञप्ति निकाल्दा पनि यी कुरा उल्लेख नगर्ने कागज गराएर उनलाई परिवारको जिम्मा लगाइएको हो ।








प्रतिक्रिया