१२ असार २०८३, शुक्रबार

उदयपुरमा मनसुन सक्रिय नहुँदा रोपाईमा समस्या

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-अन्जनी कुमार अधिकारी

उदयपुर, २७ असार । असार बितिसक्न लाग्दा पनि मनसुन सक्रिय नहुँदा उदयपुरमा रोपाईमा समस्या भएको छ । बिगत बर्षहरुमा असार मसान्त सम्ममा झन्डै ६० प्रतिशत रोपाई सम्पन्न हुने गरेको उदयपुरमा यो बर्ष भने असार सकिनै लाग्दा पनि ३१.६ प्रतिशत मात्र रोपाई भएको हो ।

कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुख योगेन्द्र प्रसाद यादवका अनुसार उदयपुरमा मनसुन सक्रिय नहुँदा रोपाईमा समस्या भएको हो । अहिले सम्म भएको रोपाई समेत कृषकको आफ्नै स्रोत साधनको भरमा भएको यादको भनाई छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिका ५ बेल्हाका किसान रामु चौधरी ६ बिघा भन्दा बढी थान खेतमा अहिले सम्म ५ प्रतिशत मात्र रोपाई भएको छ । उनले भने आफु संग सिंचाईका लागि बोरिङ पनि नभएको र बर्षा नहुँदा नजिकै रहेको काली पोखरीको मुहान पनि सुकेकोले रोपाइँमा समस्या भएको दुखेसो सुनाउनु हुन्छ । चौधरीका अनुसार बर्षा नहुँदा रोपाईका लागि तयार भएको धानको बिउ समेत डढ्न थालेको छ ।

राज्यले ठुलो मात्रामा सिंचाई क्षेत्रमा लगानी गरेको छ । उदयपुरका सबै जसो पालिकामा भूमिगत सिंचाई आयोजना अनुसारका ठुला ठुला डीपबोरिङ समेत गढ़ान गरिएको छ यद्यपि उक्त डिपबोरिंगहरु संचालनमा आउन नसक्दा कृषक झनै समस्या परेका हुन ।

उदयपुरमा प्रति हेक्टर ३.६ मेट्रिक टन धान उत्पादन हुने गरेको तथ्यांक छ । उदयपुरमा चनमचुर, जिरा, मन्सुली, हर्दिनाथ, बहुगुनी, सोरना, सर्वन, सबोन जातका धान लगाइने गरिएको कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ ।

यस बर्ष उदयपुरमा मनसुन समयमा सक्रिय नहुँदा असारको अन्तिम साता सम्ममा पनि ३१.६ प्रतिशत अर्थात ४ हजार २ सय २८ हेक्टर जमिनमा मात्र धान रोपाइ भएको हो ।

कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुख यादवका अनुसार उदयपुरमा अहिले सम्म पनि मनसुन सुरु भएर बर्षा पर्याप्त मात्रामा नहुँदा रोपाइँमा ढिलाई भएको हो । उदयपुरमा १३ हजार ३८० हेक्टर जमिनमा रोपाई हुँदै आको छ ।