२० असार २०८३, शनिबार

कांग्रेसले २६ जना नेतालाई सचेत गरायो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असार । नेपाली कांग्रेसले २६ जना नेतालाई सचेत गराएको छ ।

केन्द्रीय अनुशासन समितिले ०७९ को स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टी उम्मेदवारलाई सहयोग गरेका २६ जनालाई सचेत गराएको हो ।

यसअघि समितिले प्रदेश महामन्त्री र जिल्ला सभापतिसहित ६ जनालाई पार्टीबाट निष्कासन तथा १२ जनालाई निलम्बन गरेको थियो ।

कैलालीका दुई, डोल्पाका १०, सल्यानका ११, दैलेख, खोटाङ र धनुषाका एक/एकजना गरी २६ जनालाई पार्टी हितविरुद्ध काम नगर्न सचेत गराउने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।