२३ असार २०८३, मंगलबार

अमेरिकामा लुके प्रचण्डका प्रेस सल्लाहकार

14.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असार । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमलाई विवादस्पद बनाउन ‘मानव तस्करी’ गरेको प्रचार गरेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै सचिवालय सदस्यसमेत भिजिट भिसामा अमेरिका बसेको तथ्य सार्वजनिक भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहँदा प्रेस संयोजक सूर्यकिरण अहिलेसम्म अमेरिकामै लुकेर बसेका छन् । सूर्यकिरण प्रचण्ड दुई पटक प्रधानमन्त्री हुँदा नै सचिवलायमै रहेर प्रेस संयोजनको काम गरेका थिए ।

प्रधानमन्त्री कार्यालयको सिफारिसबाट अमेरिकाको भिजिट भिसा लगाएका सूर्यकिरण अमेरिकाबाट नफर्किएपछि प्रधानमन्त्री सचिवलायमा हेरफेर भनि सूर्यकिरणलाई हटाइएको थियो । प्रचण्ड प्रधानमन्त्री हुँदा सचिवालयमा सल्लाहकारहरु तथा सचिवालय सदस्यहरु रामदीप आचार्य, तनहुँकी ओमकुमारी पौडेल, देवेन्द्र पराजुलीसँगै सूर्यकिरणलाई हटाइएको थियो । प्रेस सेन्टरको अघिल्लो कार्यकालका उपाध्यक्ष समेत रहेका सूर्यकिरणले प्रेस संयोजकबाट हटाउँदा आफू अमेरिकामा रहेको भनि खुशी शेयर गर्दै फोटो सार्वजनिक गरेका थिए ।

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि सूर्यकिरणले फेसबुक आइडी नै लुकाएका छन् । त्यसैगरी सुनकाण्ड र चाइनिज व्यावसायीलाई ठगेको आरोप लागेको पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्दकिशोर पुन ‘पासाङ’का जेठा छोरा जितेन्द्र पुन पनि भिजिट भिसामा गएर अमेरिका नै लुकेका छन् ।

पहिलो पटक भिजिट भिसामा गएर फर्किएको भोलीपल्ट नै चाइनिज व्यापारीलाई सुन ठगेको भनि समाचार बाहिरिए लगत्तै जितेन्द्र अमेरिकातिरै भासिएका थिए । जुनबेला ६१ किलो सुन तस्करीमा उनका भाइ दीपेश पुनको नाम जोडिएको भनि चर्चा थियो । त्यहीबेला एक चाइनिज व्यापारीले भिआइपीको छोरा भनेर उधारो सुन लिएको तर, पैसा नदिएको भनि भिडियोसहित मुद्दा दायर गरेका थिए ।

अर्को रोचक पक्ष भनेको माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माका सबै भन्दा निकट मानिएका रुकुम पश्चिमका पत्रकार ध्रुब बुढाथोकी ‘डङ्की रुट’बाट अमेरिका छिरेका छन् । प्रेस सेन्टरको अघिल्लो महाधिवेशनमा हालका महासचिव मनोज घर्तीमगरलाई पासाङ र वर्षमान पुन ‘अनन्त’को निकट भनेर महासचिव बन्न रोकेका बुढाथोकी अहिले अमेरिकामै लुकेर काम गरिरहेको स्रोतले बतायो ।